Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Motivational Talk With Raaz

Get Motivational Quotes, Pictures, Articles and many more.

Stay positive, stay movivated and stay blessed

Showing posts with label Surendra Ojha. Show all posts
Showing posts with label Surendra Ojha. Show all posts

Saturday, 22 July 2017

प्रेरक कथा nepali motivational story.


 प्रेरक कथा nepali motivational story.


उटा कम्पनीमा काम गर्ने सबै कर्मचारी अफिस बाहिर जम्मा भएका थिए । बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो । सूचना यस प्रकार थियो -' हिजो यस कम्पनीमा तपाईंहरूको प्रगतिलाई अवरोध गर्ने मानिसको निधन भयो ।' सबै कर्मचारी मित्रहरूलाई श्रद्धान्जलीका लागि उपस्थित भइदिन अनुरोध छ। '
सुरूमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तैपनि सबै जान्न आत्तुर थिए , आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो । सबैले एकछिन सोचे- 'कमसेकम त्यो मान्छे त मर्यो जसले हाम्रो प्रगति रोकेको थियो ।'
एक एक गरेर कर्मचारीहरू कफि
नजिक गए । जब उनीहरूले कफिनभित्र हेरे सबै अचम्मित र स्तब्ध भए ।कुनै चिजले उनीहरूको अन्तरआत्मालाई छोयो ।
कफिनभित्र एउटा ऐना थियो । सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे ।
ऐनासँगै
एउटा कागजमा लेखिएको थियो - 'तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौँ । अरू कोही तिम्रो प्रगतिका लागि बाधक हुन सक्दैन । '
हाम्रो जीवन परिवर्तन हुँदैन तब सम्म जबसम्म हामी परिवर्तन हुँदैनौँ । हाम्रो जीवनका लागि हामी जिम्मेवार छौँ, अरू होईन ।
एउटा फुल जब बाह्य बलले फुट्छ जीवन समाप्त हुन्छ तर जब यो भित्री बलले फुट्छ जीवन सुरू हुन्छ ।

Motivational story in nepali, How do we get wisdom?

Motivational story in nepali, How do we get wisdom?

        एक युवकले सुकरातलाई सोधे- ' मलाई बुद्धि कसरी मिल्न सक्छ ?'
'मसँग आऊ', सुकरातले जवाफ दिए । त्यस युवकलाई लिएर सुकरात नदीमा गए र उसको शिर डुबाइ दिए । उनले युवकको शिर सासको लागि नछट्पटाउँदासम्म डुबाइरहे । अनि उसलाई छोडिदिए ।
जब युवक केही सहज अवस्थामा आयो तब सुकरातले उसलाई सोधे- 'जब तिम्रो शिर पानीमा डुबेको थियो, त्यसबेला तिमीले सबैभन्दा बढी के को चाहना गरयौ ?'
'हावाको' युवकले उत्तर दियो ।
डुबेको बेला हावा चाहेजस्तै बुद्धिलाई चाहने हो भने त्यो अवश्य मिल्नेछ ।

please Don't copy. Share if you like it.

Translated and abridged By :- Surendra Ojha

प्रेरक कथा Nepali inspirational story

 प्रेरक कथा Nepali inspirational story



एक जना गाउँका प्रतिष्ठित व्यक्तिले सबै गाउँले भेला भएको बेला घोषणा गरे- 'भोली एउटा भव्य पार्टी हुँदैछ ।त्यो पार्टीका लागि खीर बनाउन प्रत्येक घरबाट एक- एक लिटर दूध गाउँको बीचमा राखिएको एउटा ठूलो कडाहीमा हाल्नु होला ।' भोलीपल्ट उज्यालो नहुँदै झिसमिसेमै सबै गाउँलेले कडाहीमा दूध हाल्न सुरू गरे । तर अच्चम बिहान हेर्दा कडाही त पानीले भरिएको थियो । सबै गाउँले यो सोच्दै पानी हालेर गएकि आखिर सबै दूध हालेर गइराछन् त म एकजनाले पानी हालेर के नै फरक पर्छ र ? 

प्रत्येक व्यक्तिले इमान्दारी पूर्वक गरेको प्रयासले नै कुनै सामूहिक कार्यलाई सफल बनाउन सक्छ । जतिखेर हामी सोच्न सुरू गर्छौ कि अरूले गरेको प्रयासले नै मेरो काम पनि भइहाल्छ त्यतिखेर नै असफलताको सुरूवात हुन्छ
 please Don't copy. Share if you like it.

Translated and abridged By :- Surendra Ojha

Saturday, 24 June 2017

प्रेरक कथा Motivational story in nepali. Translated By Surendra Ojha


Motivational story in nepali.

 प्रेरक कथा


एक जना ब्याकरणका पण्डित डुङ्गामा बसेका थिए । उनले डुङ्गा चालकसँग ब्याकरणको धेरै प्रशंसा गरे । उनले डुङ्गा चालकलाई सोधे - 'के तिमीले ब्याकरण पढेका छौ?' बिचारा डुङ्गा चालक, ब्याकरण के जानोस् । उसलाई त कालो अक्षर भैसी बरावर । उसले भन्यो - 'पण्डित जी ब्याकरण भनेको के हो , त्यो त मलाई थाहा छैन् ।' पण्डितले दुख व्यक्त गर्दै भने - 'हत्तेरी, यत्ति पनि थाहा छैन् तिमिलाई ! तिम्रो अहिले सम्मको जीन्दगी ब्यर्थ गयो ।' पण्डितको यो कुरा सुनेर उसलाई साह्रै नराम्रो लाग्यो । तर ऊ केही बोलेन् 
संयोगबस् त्यही
बेला ठूलो आँधी आयो । डुङ्गा तल माथि हुन थाल्यो । डुङ्गा चालकले पण्डितजीलाई सोध्र्यो -'पण्डितजी हजूरलाई पौडि खेल्न आँउछ कि आँउदैन् ? '
                                                                                    
Nepali Katha
Nepali Story Translated by Surendra Ojha


Translated and abridged By :- Surendra Ojha

 
Google+