Saturday, 20 December 2014

Motivational story in nepali..Nepali Katha,

Nepali motivational story, nepali Katha, story in nepali font.

कुनै दिन दुई जना दाजुभाई खोला किनारमा घुम्न गएछन् । झुक्किएर भाईले दाईको खुट्टा कुल्चिएछ । दाईले भाईलाई एक दह्रो झापड लगाएछ । भाईले नबोलिकन चुपचाप बालुवामा गएर लेखेछ 'दाईले आज मलाई पिट्यो ।'
अर्को दिन फेरि दुवै सोहि किनारामा घुम्न गएछन् । पौडि खेलेछन् । खोलामा एक्कासी बाढी आउदा पौडि खेल्ने भाईलाई खोलाले बगाएछ । दाईले भाईलाई बचाएछ । त्यसपछि भाईले बढो मेहनत साथ ढुगांमा लेखेछ 'दाईले आज मेरो ज्यान बचायो ।' दाईले भाईलाई सोधेछ , "हिजो मैले पिट्दा खेरी बालुवामा लेखिस् । आज मैले बचाउँदा ढुंगामा लेखिस । किन ?"
भाईले जवाफ दिएछ, "दाई जिवनमा नराम्रा कुराहरु वालुवामा लेखिनुपर्छ ताकि मेटिएर जाउन् र राम्रा कुरा ढुंगामा लेखिनु पर्छ ताकि संधै अमर रहून् ।"

Thanks for being part of  motivational talk with Raaz. 
For more stories visit our website's hompage: www.motivationaltalkwithraaz.com
Stay positive, stay motivated and stay blessed.

-Raaz Ojha

0 comments:

Post a Comment

 
Google+