Wednesday 31 December 2014

Motivational story in Nepali.. MOthers love,, aama ko maya


Motivational story in Nepali.. MOthers love,, aama ko maya

छोरा पढी लेखी ठुलो मान्छे बन्यो । पिताको स्वर्गवासपछि आमाले सकिनसकी काम गरेर छोरालाई यो लायक बनाएकी थिईन् । तर छोरालाई बिस्तारै लाग्न थाल्यो, आमाले पढेकी छैनन् , हाम्रो लेभल नै मिल्दैन । एकदिन उसले मुख फोरेर भन्योः आमा तपाईले मलाई यहाँसम्म ल्याउन कति खर्च गनुभो, ब्याज समेत लेखेर दिनुस्, म तिर्छु अनि हामी सुखले अलग अलग बसौँला । आमाले सोचेर भनिनः हिसाब लामो छ बाबु , मलाई केहि समय सोच्न देऊ......
हुन्छ हतार छैन केहि दिनमा भन्नुहोला भनेर छोरा बाटो लाग्यो । रात पर्यो , आमा एउटा लोटामा पानी भरेर छोराको कोठामा पुगिन् । छोरा निदाएको थियो । उनले ओछ्यानको एक भागमा पानी हालिन् । छोरोले कोल्टै फेर्दै गयो , आमाले ओछ्यानमा ठाउँ ठाउँमा पानी हाल्दै गईन् । दिक्क भएर छोरा उठ्यो र ठुलो स्वरमा भन्योः के हो आमा तरिका किन मेरो ओछ्यानभरि पानी हाल्नुभाको ? आमाले भनिनः छोरा तिमीले मलाई पुरै जिन्दगीको हिसाब बताउनु भनेको हैन ? म हिसाब गर्दै थिए कि सानोमा तिमीले कतिपटक मेरो ओछ्यान हिलो पारिदियौ र म रातभर जागा भएकी थिए.... यो त पहिलो रात हो छोरा, यतिमै तिमी तर्सियौ ? मैले भर्खरै हिसाब शुरु गरेकी छु , हिसाब गर्दै गए भने तिमीले कहिले तिर्न सक्दैनौ छोरा !
Read nepali motivational storuies in nepali font.. nepali motivational katha..





आमाको यो कुरा सुनेर छोराको मनमा ठुलो धक्का पुग्यो र ऊ रातभर निदाउन सकेन । अन्नतः उसले थाहा पायोः आमाले जुन गुन लगाएकी हुन्छिन् त्यो कहिले तिर्न सकिन्न , आमाको माया, शीतल छाया, आमाले उठाएको दुःखः त्यो अमुल्य हुन्छ अनि सदा अमर रहन्छ ।

0 comments:

Post a Comment

 
Google+